सिटिजन्स बैंकका लगानीकर्ताले ३.६% बोनस शेयर र १.६ % नगद लाभांश पाउने




काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनलले लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट रु २९,१४,४५,७७३ (करीव ३.६ प्रतिशत) बोनस शेयर तथा रु १३,१३,५५६,१४३ (करीव १.६ प्रतिशत) नगद लाभांश दिने भएको छ ।

संचालक समितिका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा बसेको उक्त सभाले उक्त प्रस्ताव पारित गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।


पुष्प दुलाल