तामाकोशी जलविद्युत् कम्पनीको सेयर कारोबार नेप्सेले रद्द गर्ने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको सेयर कारोबार रद्द गर्ने भएको छ ।

नेप्सेको लापरवाहीको कारण तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्य एकैपटक ५० प्रतिशत बढेर प्रतिकित्ता ३३६ पुगेको थियो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले प्राविधिक कमजोरीको कारण सेयर मूल्य ५० प्रतिशत बढेको भन्दै आज भएको सेयर कारोबार रद्द हुने जानकारी दिए । केही समय भित्रमा नेप्सेले यसको औपचारिक जानकारी दिने छ ।

१५ मिनेटमा तामाकोशीको सेयर मूल्य ५० प्रतिशत बढेर ४७ लाख रुपैयाँको कारोबार भएको थियो । जसले नेप्सेको बजार पुँजीकरण नै ११ अर्बले बढाएको थियो ।


क्लिकमान्डु