लोकसेवा आयोगमा जागिर खाने हो ? १९३ नासुलाई अबसर



काठमाडौं। लोकसेवा आयोगले १ सय ९३ जना नायव सुब्वाका लागि जागिर खुलाएको छ । बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले  आफ्ना ७ वटै प्रदेश कार्यालयका लागि सो परिमाणमा कर्मचारी मागेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन् ।

योग्यता पुगेका आवदेकले माघ १५ गतेसम्म आवदेन दिन पाउने छन्। दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म पाइने लोकसेवाले जनाएको छ ।

राष्ट्रिय बाणिज्य बैंक वा ग्लोबल आइएमई बैंकबाट तोकिएको दस्तुर बुझाएर आयोगको अनलाइन प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।


पुष्प दुलाल