सिद्धार्थ बैंकलाई डेढ सय कर्मचारी चाहियो



काठमाडौं। सिद्धार्थ बैंकले डेढ सयभन्दा धेरै कर्मचारी माग गर्दै विज्ञापन खुलाएका छन् । नयाँ शाखा तथा केन्द्रीय कार्यालयको लागि कर्मचारी माग गरेको हो ।।

बैंकले स्नातक गरी कम्तिमा ४ वर्षको कार्यानुभव भएकाहरुले आवेदन दिनसक्ने सिनियर अफिसर तहको ब्रान्च म्यानेजर, क्रेडिट डिपोजिट रिलेसनसिप अन्तर्गतका विभिन्न पदको लागि १० जना कर्मचारी माग गरेको छ।

त्यस्तै अफिसर तहमा १४ वटा शाखाको लागि ब्रान्च म्यानेजर, ७ वटा भन्दा धेरै शाखा कार्यालयको लागि क्रेडिट एण्ड रिलेसनसिप अफिसर, उपत्यकाभित्रका १० भन्दा धेरै शाखाको लागि ब्रान्च म्यानेजर माग गरेको हो।

उपत्यका भित्र तथा बाहिरक शाखा कार्यलयका लागि २४ जना भन्दा धेरै जुनियर अफिसर माग गरेको छ । जुनियर अफिसरका लागि स्नातक गरि कम्तिमा पनि दुई वर्षको कार्यानुभव हुनुपर्ने छ।

त्यस्तै, बैंकले जुनियर एसिस्टेन्टमा ४२ भन्दा धेरै शाखाका लागि ५२ जना भन्दा धेरै संख्यामा कर्मचारी माग गरेको छ ।

त्यस्तै लघुवित्त बैंकिङ विभागका लागि २० जना भन्दा धेरै कर्मचारी माग गरेको छ । सबै पदमा इच्छुक आवेदकले माघ २२ गतेसम्ममा आवेदन दिनु पर्नेछ।


पुष्प दुलाल