सनराइज बैंकले माग्याे ११ जना ब्रान्च म्यानेजर




काठमाडौ । के तपाई बैंकको ब्रान्च म्यानेजर बन्न इच्छुक हुनुहुन्छ ?  यदि हो भने बैकिङ क्षेत्रमा काम गर्न इच्छुकहरुका लागि सनराइज बैंकले आकर्षक पदमा रोजगारी खुलाएको छ ।

सनराइज बैंकले विभिन्न शाखाका लागि ब्रान्च म्यानेजर पदमा कर्मचारी मागेको छ । बैंकले गठ्ठाघर, कुपन्डोल, स्याङजेन मस्यार्ङदी गाउँपालिका, सिमारा, थेचो, अत्तरीया, राजविराज, सुखद, बुटवल, पोखरा र सिमरामा गरी एघार जना ब्रान्च म्यानेजर माग गरेको हो ।

ब्रान्च म्यानेजरमा निबेदन दिनका लागि निबेदकले कम्तीमा तीन बर्ष बाणिज्य बैंकमा काम गरेको हुनुपर्नेछ । त्यसै गरी निबेदकले हाल कम्तिमा सुपरभाइजर तहमा रहि काम गरेको हुनुपर्नेछ ।


पुष्प दुलाल