अर्बपतिको एउटा ट्वीट, जसले संसार हल्लायो



काठमाडौं । जापनाका एक बिलिनियरको एक टवीटले यतिखेर संसार हल्लाइरहेको छ । उनको पछिल्लो एक ट्वीट पछिल्लो ३ दिनमा मात्रै ४९ लाख पटक रीट्वीट भएको छ भने १२ लाख भन्दा बढी लाइक पाएको छ ।

यूसाकू माएजावा जापनाको एक अनलाइन फेशन स्टोरका प्रमुख कार्यकारी अधिकृत हुन् । उनी जापानका १८औं ठूला धनी व्यक्ति पनि हुन् ।

उनले रिुट्वीट गर्ने १०० भाग्यशाली विजेतालाई ६.४ करोड बराबरको इनाम दिने घोषणा समेत गरेका छन् । उनले ५ जनवरीको दिन एक ट्वीट गरेका छन् । उनले उक्त ट्वीटलाई रिट्वीट गर्ने र फलो गर्नेलाई इनाम दिने घोषणा गरेका छन् ।

ट्वीटरमा उनको ५४ लाख बढी फलोअर रहेकाछन् । उनले एक आश्चर्यजनक रुपमा एक व्यक्तिको क्यारिकेचर गरेको ट्वीट गरेका थिए । उनको ट्वीटर ह्याण्डल @yousuck २०२० रहेको छ ।

यस भन्दा पहिले अमेरिकका एक कलेजका विद्यार्थी कार्टर बिलकिसनको नाममा सबैभन्दा बढी रिट्वीट भएको रेकर्ड थियो । विलकिंसनले २०१७ मा फ्रास्ट फुडमा निःशुल्क चिकेन मिसिएको एक खाना लिनका लागि लामवद्ध भएका नागरिकको फोटो राखेर रिट्वीट गर्न भनेका थिए । उनको ट्वीट ३५.्८ पटक रिट्वीट भएको थियो । यस्तै ९ लाख ९० हजार लाइक पाएको थियो ।

यस्तै सन् २०१४ मा एलेन डिजेनेरसले हलिउडका कलाकार पिट र एन्जोलिना जोलीको साथ २०१४ को ओस्कर सेल्फीले ३३ लाख पटक रिट्वीट भएको थियो ।

जापनी बिलिनियरको ट्वीटका कारण सपिङ साइट जोजोटाउनले सन् २०१९ को नयाँ वर्षको अवसरमा मात्रै १० अर्ब ऐन बराबरको कारोवार भएको छ ।

४३ वर्षीय व्यापारीको कूल नेटवर्थ मात्रै १२ हजार करोड भारतीय मुद्रा बराबरको रहेको छ । ब्लूमवर्गकाअनुसार टोकियोमा जोजोको सेयर मात्रै ६.९ प्रतिशतले वृद्धि भएको छ ।

माएजावाको साथमा पिकासोको असली पेन्टिङ रहेको छ । यस्तै चन्द्रामा जाने एलन मक्स रकेटको टिकट समेत रहेको छ । गत वर्ष उनले उत्तः टिकट लिएका थिए ।

उनले सन् २०२३ मा चन्द्रमामा जाने पहिलो यात्री हुनेछन् । उनी कुनै चिनिएका नाम भने थिएनन् । तर एक ट्वीटले उनलाई विश्वकै सेलीब्रटी बनाइदिएको छ ।

उनले सन् २०१७ मा माइकल बासक्वेटको एक पेन्टिङ ७७० करोड भारतीय रुपैयाँमा खरिद गरेका थिए । एजेन्सीहरुको सहयोगमा


पुष्प दुलाल