नेपाल महिला चेम्बरको नेतृत्वमा उर्मिला श्रेष्ठ



इजरायल । नेपाल महिला चेम्बरले इजराइलका लागि नेपाली राजदूतमा डा.अन्जान शाक्य नियुक्त भएपछि नेतृत्व उर्मिला श्रेष्ठलाई सुम्पेको छ । महिला चेम्बर नेपाल चेम्बर अफ कमर्समा आबद्ध संस्था हो ।

उक्त नेतृत्व हस्तान्तरण कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षद्धय दिपक मल्होत्रा र कमलेश कुमार अग्रवालले महिला चेम्बरमा सक्रिय महिलाहरुलाई सदस्यता प्रदान गरेका थिए । यही अवसरमा डा. अन्जानका बुबालाई समेत सम्मान गरिएको थियो ।

उक्त समाहरोमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले डा. शाक्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुका साथै कार्यकालले नेपाल तथा इजरायलको सम्बन्धलाई प्रगाढ र सुमधुर बनाउनमा विश्वस्त भएको बताए । डा. शाक्य राजदूत भएकोमा एक कर्मठ लगनशिल र योग्य महिलाको मूल्याङकन तथा कदर भएको भन्ने कुरा अध्यक्ष श्रेष्ठले बताए ।

त्यसै गरी नवनियुक्त महिला अध्यक्ष उर्मिला श्रेष्ठ र उपाध्यक्ष सुषमा शर्मा लगायत सम्पूर्ण महिला चेम्बर परीवारद्वारा डा. शाक्यको सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरीएको थिया े।

डा. शाक्यले सबैसंग काँधमा काँध मिलाउँदै नेपाल इजरायल सम्बन्धलाई सुमधुर बनाउनुका साथै दुवै देश बिचको व्यापार, संस्कृती, प्रविधी,कृषि आदि क्षेत्रमा जोडदार योगदान दिने बचनबद्धता प्रकट गरेकी छिन ।


पुष्प दुलाल