नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल



काठमाडौं ।  नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । हिजो राजधानी काठमाडौंमा सम्पन्न १३औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो ।

संघको कार्यसमितिमा दिवाकर थापा–निर्वतमानअध्यक्ष ( हुलास रेमिटेन्स प्रा.लि),चन्द्र टण्डन–उपाध्यक्ष ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि), रितेशमित्तल–महासचिव ( नेपाल रेमिट इ. प्रा.लि),संजय सिग्देल–कोषाध्यक्ष ( सुर्य रेमिट प्रा.लि) रहेका छन् । यस्तै इन्द्र शर्मा–सचिव (आइपे रेमिट प्रा.लि ), युमाश्रेष्ठ–सदस्य ( हिमालयन बैंक लिमिटेड), प्रविनअधिकारी–सदस्य ( युनाइटेड रेमिट प्रा.लि),दीपेन्द्र खनाल–सदस्य ( इजीलिकं प्रा.लि) रहेका छन् ।

कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्तप्रतिक्रियादिँदै नवनिर्वाचित अध्यक्षपोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे ।


क्लिकमान्डु