एकै झट्कामा एप्पलले गुमायो ७५ अर्ब डलर



काठमाडौं । विश्वविख्यात कम्पनी एप्प्लको एक झट्कामा नै ७५ अर्ब डलर गुमेको छ ।

संसारको सबैभन्दा ठूलो कम्पनीको रुपमा परिचित अमेरिकी कम्पनी एप्पलको विहीबार सेयर बजारमा ठूलो गिरावट आएको छ । जसका कारण उसको एक झट्कामा नै ७५ अर्ब डलर बराबरको सम्पत्ति गुमेको छ ।

बिबिसी हिन्दीकाअनुसार कम्पनीको लगभग ५२५८०० करोड भारतीय मुद्रा बराबरको सम्पत्ति नोक्सान भएको छ । एप्पलले सन् २०१८ को पछिल्लो ३ महिनामा कमाई कम हुन सक्ने प्रक्षेपण गरेको थियो ।

कम्पनीले ८९ अर्ब डलर बराबरको राजश्व तिर्नुपर्ने अनुमान गरेको थियो । तर उसले गत बुधबार मात्रै ८४ अर्ब डलर कमाइ हुन सक्ने अनुमान सार्वजनिक गरेको थियो ।

पछिल्लो १६ वर्षमा पहिलो पटक एप्पलले आफ्नो कमाई घटन सक्ने अनुमान गरेको थियो । उक्त चेतावनी पछि कम्पनीको सेयरमा १० प्रतिशतेको दरले ओरालो लागेको हो ।

पछिल्लो पटक चीनमा आइफोनको बिक्रीमा कमी आएको छ । एप्पलको उक्त अनुमान पछि अमेरिकी बजारमा समेत कमी आएको छ । कम्पनीको सूचांक समेत ३.१ प्रतिशतले ओरोलो लागेर बन्द भएको छ ।

एप्पल गत वर्षको अगस्टदेखि संसारकै पहिलो हजार अर्ब अर्थात् एक ट्रिलियन डलरको कम्पनी बन्न पुगेको थियो । उसले दोस्रो सबै
भन्दा ठूलो कम्पनी अमेजन, माइक्रोसफ्ट, फेसबुकलाई पछाडि पारेर हजार अर्बको तथ्यांक छोएको थियो ।

उसले पछिल्लो ३ महिनामा कम्पनीको वित्तीय अवस्थाका बारेमा असाध्यै राम्रौ प्रतिवेदन सार्वजनिक गरेको थियो । जसका कारण सेयर बजारमा उसको सेयरमा उछाल आएको थियो ।

तर एप्पलको सेयरमा आएको भारी गिरावट पछि केही विश्लेषकले त्यसलाई एउटा सामान्य झट्काको रुपमा लिएका छन् । भने केहीले भने कम्पनीका लागि यो सबैभन्दा खराब अवस्थाको रुपमा समेत चित्रण गरेका छन् ।

कम्पनीको नयाँ आइफोनको बिक्रीमा आएको गिरावट नै मुख्य कारणको रुपमा लिएका छन् । आइफोन उपभोक्ताले पहिलो बजारमा लन्च हुने वित्तिकै नयाँ आइफोन खरिद गर्न उत्सुक हुन्थे । नयाँ आइफाने लन्च हुने दिन कम्पनीको शो रुम बाहिर लाइन लाग्ने गर्दथ्यो । तर पछिल्लो दिनमा त्यो अवस्था रहेको छैन ।

बिबिसीका प्रविधि संवाददाताका अनुसार अब कोही पनि आइफोनको नयाँ फोन खरिद गर्नका लागि लाइन लाग्ने छैनन् । जसका कारण अब नयाँ आइफोनको मूल्य करिब १ हजार डलरको आसपास मात्रै रहने अवस्था आएको छ ।

उसले अब नयाँ केही गर्नु जरुरी देखिएको छ । आज सेवा, स्वास्थ्य तथा फिटनेस क्षेत्रमा एप्पलको उल्लेख्य तरक्की गरेको छ । एप्प्ल सेवा क्षेत्रमा पनि उत्तम पैसा कमाउने संस्थाको रुपमा परिचित भएको छ । त्यसकारण पनि एप्प्ल कम्पनी मुश्किलमा छ भन्ने ठानिहाल्नु भने गलत हुन जान्छ ।

त्यसो त चिनियाँ बजारमा एप्पलको बिक्री कमी भएको छ । अमेरिका र चीनको व्यापार युद्धको प्रभाव स्वरुप हुवावे र आइफोनको बीचमा पनि केही समस्या देखा परेको छ ।

चीनमा भएको गिरावटको अनुमान एप्पलले लगाउन सक्छ न कि अरु कोही ले । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले त्यसको पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हात रहेको ठान्दै आएका छन् ।


पुष्प दुलाल