चीनमा ८ लाख सामाजिक संस्था, १० करोड स्वयमसेवक, १ अर्ब २० करोड घण्टा काम



बेइजिङ । चीनले विकास, व्यापार र प्रविधिमा विश्व जगतमा नाम त कमायो नै तर सामाजिक संस्था र काममा पनि कम छैन । चीनको नागरिक मामिला मन्त्री हुअङ शुसिआनले देशभरी आठ लाख भन्दा बढी सामाजिक संस्था दर्ता भएको जानकारी दिएका छन ।

बिहीबार भएको एउटा भिडियो सम्मेलनमा उनले चीनका सामाजिक संघसंस्थाहरु विभिन्न प्रकृतिका रहेको समेत बताए ।

चीनमा सामुदायिक समूहहरु, कोष, औद्योगीक संस्था र गैर–नाफामुलक विभिन्न संस्थाहरु सामाजिक संस्थाका रुपमा क्रियाशिल रहेको उनको भनाई छ ।
देशमा अवैध रुपमा रहेका पाँच हजार ८४५ ओटा सामाजिक संस्थाहरुका बारेमा अनुसन्धान गरेर गत बर्ष बन्द गरिदिएको पनि मन्त्री शुसिआनले जानकारी दिए ।
चीनमा झण्डै १२ हजार स्वयमसेवी संस्थाहरु दर्ता भएका छन । ती संस्थाहरुका झण्डै दश करोड स्वयमसेवकहरु दर्ता छन ।

ती स्वयमसेवकहरुले एक अर्ब २० करोड घण्टा स्वयमसेवी काम गर्ने मन्त्री शुक्षीनले जानकारी दिए ।


पुष्प दुलाल