ग्लोबल आइएमइ लघुवित्तमा जागिर खुल्यो



काठमाडौं । ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थामा जागिर खुलेको छ । संस्थाले ४५ जिल्लाका शाखा कार्यालयका लागि शाखा प्रबन्धकदेखि प्रशिक्षार्थी सहायकसम्म माग गर्दै विज्ञापन खुलाएको हो ।

स्नातक उत्तीर्ण गरी दुई वर्षको अनुभव भएका केही संख्यामा शाखा प्रबन्धक माग गरेको हो । एक जना सुचना प्रविधि सहायक र केहि सहायकस्तरका कर्मचारी पनि मागेको छ ।

त्यसैगरी संस्थाले ५० जना प्सटु पास गरेका तर अनुभव नभएकाहरुका लागि प्रशिक्षार्थी सहायक पनि माग गरेको हो ।

इच्छुक आवेदकले माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन्।


पुष्प दुलाल