मोरङको मुसहर बस्तिमामा जनता बैंकद्धारा कम्बल वितरण



काठमाडौं । जनता बैंकको  सहयोगमा बिराटनगर महानगरपालिकावडा नं. १९, बैजनाथपुरको मुसहर बस्तिका १५० परिवारलाई कम्बल र खाद्यपदार्थ वितरण गरिएको छ ।

निजामती कर्मचारी श्रीमती संघको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । बैंकको प्रतिनिधि, निजामती कर्मचारी श्रीमती संघको पदाधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङको प्रतिनिधि र बिराटनगर महानगरपालिकावडा नं. १९ का वडाअध्यक्षको उपस्थितिमा उक्त सामाग्रीहरु वितरण गरिएको थियो ।

विपन्न बर्गका मुसहर समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रका बस्तिको १५० परिबारको लागि जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कम्बल उपलब्ध गराएको थियो ।


क्लिकमान्डु