नेप्से परिसूचक ५.४२ अंकले ओरालो लाग्यो, २५ करोड ७६ लाख रुपैयाँको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५.४२ अंकले ओरालो लागेको छ ।

लघुवित्त र व्यापार समुह बाहेक सबै समुह ओरालो लाग्दै नेप्से परिसूचक ११८०.४३ बिन्दुमा आइपुगेको छ ।

नेप्सेमा २५ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी चिलिमे जलविद्युत कम्पनीको २ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स १ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।

सेयर बजार समस्या समाधान गर्नको लागि गठन भएको सरकारी समितिले सुझाव दिएको तथा राष्ट्र बैंकले केही व्यवस्था कार्यान्वयन गरेको केही दिन सेयर बजार बढेपनि त्यसपछि भने बढ्न सकेको छैन । अझैपनि लगानीकर्ता सेयर बजारमा बढ्नेमा आस्वस्त देखिएका छैनन् ।


क्लिकमान्डु