वाइडबडी जहाज किन्दा ४३५ करोड घोटला, पर्यटनमन्त्री अधिकारीलाई कारबाही गर्न सिफारिस



काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी करम अनियमितता गरेको पाइएको छ । निगमले गत असारमा २४ अर्ब रुपैयाँ खर्च गरेर दुईवटा जहाज भित्र्याएको थियो ।

राजन केसीको संयोजकत्वमा गठिन संसदीय उपसमितिले अनियमितता देखिएको भन्द्र तत्काल पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित २ पूर्वमन्त्री, ३ सचिव र निगमका प्रमुख सुगतरत्न कंसाकारमाथि कारबाही गर्न सिफारिस गरेको छ ।

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव लेखा उत्तरदायी अधिकृत तथा वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष रहेका प्रेमकुमार राई, शंकरप्रसाद अधिकारी, कृष्णप्रसाद देवकोटालगायत र विमान खरीद अनियमिततामा प्रमुख भूमिका खेल्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बद्नियत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएको छ,’ संसदीय उपसमितिको प्रतिवेदनमा भनिएको छ ।

महालेखापरीक्षकको ५५औँ वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानुनसम्मत नदेखिएको भनी स्पष्ट उल्लेख भएको हुँदाहुँदै सोको छानबिन नगरी जानीजानी पर्यटनमन्त्री अधिकारीले अन्तिम किस्ता रकम भूक्तानी गर्न आदेश दिएको प्रतिवेदनमा उल्लेख छ ।

पटकपटक आफ्नो कार्यकालमा कुनै भूक्तानी नदिएको र सम्मानित सदनमा सुक्ष्म अध्ययन गरी प्रतिवेदन पेश गर्ने प्रतिवद्धता व्यक्त गरेको तर काम नगरेको भन्दै मन्त्री अधिकारीको नियत खराब देखिएको प्रतिवेदनमा भनिएको छ ।


पुष्प दुलाल