नियम पालना नगर्ने योजना व्यवस्थापकहरुलाई बोर्डले गर्यो आर्थिक जरिवाना




काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले नियम पालना नगर्ने कोष ब्यवस्थापकलाई आर्थिक जरिवाना तिराएको छ । कोष ब्यवस्थापकलाई आर्थिक जरिवाना तिराइएको यो नै पहिलो पटक हो । यसअघि आर्थिक जरिवाना तिराउने गरिएको थिएन ।

बैंकमा १० प्रतिशतसम्म मात्रै पैसा राख्न पाइने नियम भएपनि सोभन्दा बढी पैसा राखेर ब्याज खाएको पाइएपछि आर्थिक जरिवाना तिराइएको बोर्डले जानकारी दियो । योजना ब्यवस्थापकहरुको स्थलगत तथा ग्रैह्रस्थलगत निरीक्षणको क्रममा सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को उपनियम (१) को खण्ड (ङ) को व्यवस्था विपरित कार्य गरेको पाइएपछि आर्थिक जरिवाना तिराइएको बोर्डको भनाइ छ ।

यसरी जरिवाना तिराइएको बोर्ड ब्यवस्थापकहरुमा सीबीआइएल क्यापिटल, एनआईसी एशिया क्याापिटल, लक्ष्मी क्यापिटल मार्केट र एनएमबि क्यापिटल छन् ।

यी यी कम्पनीहरुले संचालन गरेको कोष योजनाहरुको लगानीको क्षेत्र अनुसारको सीमाभन्दा अधिकहुने गरी लगानी गरेको पाइएकोले धितोपत्र सम्वन्धी ऐनको दफा १०१ को उपदफा (७) बमोजिम, कानुनी व्यवस्था उलंघनको स्तरको आधारमा वोर्डवाट पहिलो पटक कारबाही गरिएको बोर्डको भनाइ छ ।

बोर्डले एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, र सीबीआईएल क्यापिटललाई ३५÷३५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ भने एनआइसी एशिया क्यापिटललाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

यसवाट धितोपत्र व्यवसायीहरुको नियम पालनाको अवस्था जवुत हुन गई स्वस्थ एवं व्यवस्थित वजारको विकास हुने वोर्डको दाबी छ ।


क्लिकमान्डु