तत्काल इन्टरनेटको मूल्य नबढ्ने, दूरसञ्चार नियमावली संसोधन गर्न सरकार तयार



काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले तत्काल इन्टरनेटको मूल्य नबढाउने भएका छन् । सरकारले दूरसञ्चाल नियमावली संसोधन गर्ने प्रतिवद्धता जनाएपछि निजी इन्टरनेट सेवा प्रदायकहरुले तत्काल इन्टरनेटको मूल्य नबढाउने भएका हुन् ।

संस्था इन्टरनेट सर्भिस प्रोभाईडर्स एसोसिएसन अफ नेपालले पुस १५ गतेदेखि इन्टरनेटको मूल्य बढाउने घोषणा गरेका थिए । तर, यसबीचमा सरकार र इन्टरनेट सेवा प्रदायकहीबीच भएको छलफलमा सरकारी पक्षले दूरसञ्चार नियमावली संसोधन गर्ने प्रतिवद्धता जनाएको थियो । त्यसपछि इन्टरनेट सेवा प्रदायकहरु मूल्य बढाउने घोषणादेखि पछि हटेका हुन् ।

‘सरकारले दूरसञ्चार नियमावली संसोधन गर्ने प्रतिवद्धता जनाएको छ, त्यसैले आजदेखि इन्टरनेटको मूल्य बढाउने कुरा स्थगित गरेका छौं,’ इन्टरनेट सर्भिस प्रोभाईडर्स एसोसिएसन अफ नेपालका एक सदस्यले भने ।

सरकारले आर्थिक अध्यादेशमार्फत यस बर्षदेखि इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शूल्क लगाउने व्यवस्था गरेको थियो । सरकारको उक्त निर्णयको चर्को आलोचना भएपछि निजी इन्टरनेट सेवा प्रदायसँग सरकारले बढेको शूल्क समायोजन गर्न सम्झौता गरेको थियो ।

सरकारले प्रतिबद्धता गरेको पाँच महिना पुरा हुँदा पनि नियमावली संसोधनको कुनै तयारी नगरेपछि संस्था इन्टरनेट सर्भिस प्रोभाईडर्स एसोसिएसन अफ नेपालले गत पुस १ गते सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई सम्बोधन गर्दै पुष १५ गतेदेखि इन्टरनेटको मूल्य बढाउन बाध्य हुने चेतावनीसहितको पत्राचार गरेको थियो ।

‘सरकारले दूरसञ्चार नियमावली संसोधन गर्ने प्रतिवद्धता जनाएको छ, त्यसैले आजदेखि इन्टरनेटको मूल्य बढाउने कुरा स्थगित गरेका छौं,’ इन्टरनेट सर्भिस प्रोभाईडर्स एसोसिएसन अफ नेपालका एक सदस्यले भने ।


पुष्प दुलाल