मासिक ५८ हजार तलबको आशमा टर्की पुगेका ७ सय युवा अलपत्र



काठमाडौं । राम्रो वैदेशिक रोजगारी उपलब्ध गराइदिने भन्दै ७०० युवासँग २५ करोड रुपैयाँ ठगी गरी दलाल बेपत्ता भएपछि नेपाली युवा टर्कीमा अलपत्र परेका छन् ।

यूरो नेपाल र अवसर नामका म्यानपावर कम्पनीले ती युवासँग गतिलो तलबसहितको वैदेशिक रोजगारी उपलब्ध गराइदिने भन्दै ठगी गरेको पीडितहरुको भनाइ छ ।

टर्कीबाट बल्ल तल्ल नेपाल फर्किइ वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा निवेदन दिएका युवाले म्यान पावर व्यवसायीको गलत प्रलोभनमा आफूहरु फसेको भन्दै कारवाहीको माग गर्दै आएका छन् । पीडित युवाले यही पुस ११ गते बोर्डएमा म्यान पावर व्यवसायीलाई कारवाहीको माग गर्दै आवेदन दिएका छन् ।

मासिक तलब ५८ हजार नेपाली रुपैयाँ तलब हुने भन्दै ती म्यान पावर कम्पनीले गत ९ महिना पहिले टर्की उडाएका थिए ।

सरकारले वैदेशिक रोजगारीमा जाने युवालाई फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरेको छ । तर म्यानपावर व्यवसायीलेभ ने सरकारको उत्तः निर्णयलाई कार्यान्वयन गरेका छैनन् । जसक कारण टर्कीमा ७०० बढी युवा काम नपाएर अलपत्र परेका छन् ।

वैदेशिक रोजगारी प्रवद्र्धन बोर्डमा उनीहरुले दिएको निवेदनको कुनै सुनुवाई भएको छैन । यूरो नेपाल र अवसर नामक म्यान पावर कम्पनीले नेपाली युवाबाट २ लाख ५० हजार देखि ३ लाखसम्म उठाएको बताइन्छ ।

तर तोकिएको काम र ज्याला समेत नपाएपछि नेपाली युवा टर्कीमा अलपत्र परेका छन् । बोर्डमा पीडित युवाको निवेदन परेको बोर्डका एक पदाधिकारीले बताए । ती अधिकारीकाअनुसार उजुरीको छानबिन भइरहेको छ ।

नेपाली युवाले श्रम सम्झौताब मोजिम ज्याला समेत नपाएको गुनासो गरेका छन । पीडित मध्येका एक युवा किरण वान्तवाले सरकारले गलत कागजातलाई मिलेमतोमा स्वीकृति दिएका कारण नेपाली युवा टर्कीमा अलपत्र परेको गुनासो गरे ।

उनले भने टिकट र प्रवेशाज्ञा समेत निशुल्क भनिएको भएपनि म्यानपावर कम्पनीले ३ लाख सम्म युवासँग लिएको बताए । आफूहरुलाई टर्की लैजाने म्यानपावर कम्पनीका सञ्चालक बेपत्ता भएको बताइन्छ ।

यस्तै अर्का पीडित देवेन्द्र दाहालले आफूहरुले सम्झौता गरेअनुसारको तलब सुविधा पनि नपाएको र टर्कीमा धेरै दिन सामान्य मानवीय आवश्यकताको समेत परिपूर्ति गर्न नपाएको बताए ।

सरकारले वैदेशिक रोजगारीलाई पारदर्शी र मर्यादित बनाउने बताएपनि त्यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । आफूहरु दुःख पाएर फर्किएको भएपनि पीडकलाई कारवाही गर्ने तर्फ सरकारले प्रभावकारी कदम नचालेको पीडित दाहालको भनाइए छ ।

पछिल्लो समय म्यान पावर व्यवसायीले नेपाली युवालाई यूरोप पठाइदिने धन्दै टर्की पुर्याउने र अलपत्र पार्ने गर्दै आएका छन् । तर नक्कली श्रम स्वीकृतिको कागत बनाउने र नेपाली युवासँग मोटो रकम उठाउने प्रवृत्ति रोक्ने तर्फ सरकारले कुने पनि ध्यान दिएको छैन ।

टर्की पुगेर काम नपाई अलपत्र परेका युवालाई स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्ने पीडित युवाको माग छ । तर काठमाडौँ श्रम कार्यालयले हचुवाको भरमा श्रम स्वीकृति दिएकाले आफूहरु समस्यामा परेको उनीहरुको भनाइ छ ।

नक्कली श्रम स्वीकृति दिने सरकारी अधिकारी र म्यान पावर व्इवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारले तत्काल पहल गजुृपनेृ उनीहरुको भनाइ छ ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले कुनै पनि नेपाली युवालाई ठगिन नदिने घोषणा गरिरहेको बेला टर्कीको घटना सार्वजनिक भएको हो । पीडित युवाले मन्त्रीको घोषणा कार्यान्वयनको माग गर्दै आजकल दैनिक जसो वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड धाउन थालेका छन् । तर उनीहरुको कुनै पनि गुनासो हालसम्म सुनुवाई हुन सकेको छैन ।


पुष्प दुलाल