सेयर बजारमा तीन महिनापछि १ अर्ब १२ करोडको कारोबार, प्रोफिट बुकले परिसूचक १.०८ अंकले घट्यो



काठमाडौं । सेयर बजारमा तीन महिनापछि १ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ ।

साताको अन्तिम दिन १ अर्ब १२ करोड रुपैयाँको कारोबार भएपनि नेप्से परिसूचक १.०८ अंकले ओरालो लागेको छ । सेयर बजारमा सरकारी कार्यदलको सुझाव आएपछि पछिल्लो साता परिसूचक उकालो लागेको थियो ।

एकसाता अगाडि नेप्से परिसूचक ११६५.९७ बिन्दुमा थियो । अहिले १२१५.१६ बिन्दुमा पुगेको छ ।

लगानीकर्ताले अल्पकालिन रुपमा प्रोफिट बुक गर्दा परिसूचक ओरालो लागेको हो ।
‘तत्कालै नाफा बुक गर्ने ध्यानमा लगानीकर्ता लागेको देखियो,जसले गर्दा परिसूचक न्यून अंकले घट्यो,’एक सेयर ब्रोक्ररले भने ।

कारोबार रकम तीन महिनाकै उच्च भएको हुँदा लगानीकर्ता आकर्षित भनेको भएको देखिन्छ । आगामी सातादेखि सेयर कारोबार र परिसूचकको आधारले बजार कसरी जान्छ भन्ने निष्कर्ष निकाल्न सकिने विश्लेषकहरु बताउँछन् ।

‘सरकारी कार्यदलको सुझाव सेयर बजार सुधार्नको लागि आएको छ,तर,बजार बढ्नेमा भने अझै लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्’एक सेयर ब्रोक्ररले भने ।

बिहीबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको ८ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार उत्पादन,अन्य र जीवन बीमा उपसमुहको परिसूचक उकालो लागेको छ भने बाँकी सबै समुहको परिसूचक ओरालो लागेको छ ।


क्लिकमान्डु