सम्पदा मासेर बिजनेश कम्प्लेक्स बनाएको भन्दै छायाँ सेन्टर बाहिर धर्ना



काठमाडौं । ऐतिहासिक पुरातात्वयिक सम्पदा मासेर ब्यापारिक कम्प्लेक्स बनाएको भन्दै स्थानीयहरु ठमेलको छायाँ सेन्टरअघि धर्नामा बसेका छन् । ठमेलमा १५ रोपनी जग्गामा निर्माण गरिएको बिजनेश कम्प्लेक्स छायाँ सेन्टरको मंगलबार दिउसो पर्यटनमन्त्री रविन्द्र अधिकारीले उदघाटन गर्ने कार्यक्रम थियो ।

स्थानीय धर्नामा बसेपछि दिउसो ३ बजेसम्म पनि पर्यटनमन्त्री कार्यक्रमस्थल पुग्न सकेका छैनन् । दिउसो २ बजे मन्त्री अधिकारीले छायाँ सेन्टरको औपचारिक उदघाटन गर्ने कार्यक्रम थियो ।

‘ऐतिहासिक धार्मिक सांस्कृतिक तथा पुरातात्वयिक महत्वको कमलपोखरी अतिक्रमण गरी निर्माणधीन छायाँ सेन्टर निर्माण तत्काल बन्द गरि पोखरी संरक्षण गरौं’ भन्ने कालो ब्यानर बोकेर नेवाः राजनीतिक अभियानका अभियान्ताहरु धर्नामा बसेका हुन् । धर्नाका कारण कार्यक्रममा असर परेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


पुष्प दुलाल