तपाईंको इमेल आइडी र सामाजिक सञ्जालको पासवर्ड के छ ? यस्तो भए सजिलै ह्याक हुन्छ



काठमाडौं । तपाईले आफ्नो इमेल तथा सामाजिक सञ्जालमा कस्तो पासवर्ड राख्नु भएको छ ? एक पटक विचार गर्नुस त ? तपाईले राख्नु भएको पासवर्ड साँच्चै मजबूत छ त ? वा छैन । यदि छैन भने तपाईले इमले आइडि, सामाजिक सञ्जाल जुनसुकै बेला पनि ह्याक हुन सक्छ । अर्थात् अरु जो कोहीले सजिलै चलाइदिन सक्छन् ।

एक विश्लेषणकर्ताको समूहले सन् २०१८ को कमजोर पासवर्डको सूची सार्वजनिक गरेको छ । उसले भनेको छ असाध्यै कमजोर पासवर्ड भएका एकाउण्ट सजिलै ह्याक गर्न सकिन्छ र डेटा चोर्न पनि सकिन्छ ।

सन् २०१७ मा पनि कमजोर पासवर्डको सूचीमा रहेको आइ लभ यू यस पटक पनि १० औ. नम्बरमा कमजोर पासवर्डमा रहेको छ । यस्तै १२३४५६ पनि कमजोर पासवर्डको सूचीमा रहेको छ ।

स्प्लेस डाटाकाअनुसार संसारके सबैभन्दा खराब पासवर्डमा १२३४५६ रहेको छ । यो पासवर्ड दोस्रो वर्ष पनि खराब पासवर्डमा दरिएको छ । उसले सोमबार जारी गरेको विवरणमा २५ खराब र कमजोर पासवर्डको सूची सार्वजनिक गरेको छ ।

कम्पनीले संसारका करिब ५० लाख बढी एकाण्उटको अध्ययन गरेको थियो । त्यसमा १० प्रतिशत बढीले सबैभन्दा खराब पासवर्ड प्रयोग गरेको पाइएको थियो ।

उक्त सूची जारी गरेसँगै कम्पनीले भनेको छ हरेक एकाण्टको पासवर्ड पनि फरक फरक राख्नुस, किनकी एउकटा एकाण्ट ह्याक भएपनि अर्को सुरक्षित रहन सक्छ ।

ह्याकरहरुले सामाजिक सञ्जाल, इमेल एमाण्टलाई सधै निशाना बनाइरहेका हुन्छन् । त्यसबाट बच्नका लागि पनि कमजोर पासवर्ड भन्दा सबल पासवर्ड नै उत्तम विकल्प हुन सक्छ ।

यी हुन सन् २०१८ का कमजोर पासवर्ड

:yfg 2018 2017
1 123456 123456
2 password password
3 123456789 12345678
4 12345678 qwerty
5 12345 12345
6 111111 123456789
7 1234567 letmein
8 sunshine 1234567
9 qwerty football
10 iloveyou iloveyou
11 princess admin
12 admin welcome
13 welcome monkey
14 666666 login
15 abc123 abc123
16 football starwars
17 123123 123123
18 monkey dragon
19 654321 passw0rd
20 12345678 maste
21 charlie hello
22 aa123456 freedom
23 donald whatever
24 password1 qazwsx
25 qwerty123 trustno1


पुष्प दुलाल