वाणिज्य बैंक तयारी अवस्थामा छ, विनियावली आउने वित्तीकै विज्ञापन खुल्छः सिइओ श्रेष्ठ




काठमाडौ । नेपाल राष्ट्र बैंकबाट कर्मचारी भर्ना विनियावली आउने वित्तीकै विज्ञापन खोल्ने पुर्ण तयारी अवस्थामा राष्ट्रिय वाणिज्य बैंक रहेको प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताएका छन ।

पुस पहिलो साता विज्ञापन खोल्ने तयारीका साथ लागेको भएता पनि नेपाल राष्ट्र बैंकबाट विनियावली स्वीकृत नभइसकेकोले विज्ञापन खुल्न केहि ढिला भएको सिइओ श्रेष्ठले क्लिकमाण्डुसँगको कुराकानीमा बताए ।

मैले पुस पहिलो साता विज्ञापन खोल्ने मनसायका साथ कर्मचारीहरुलाई पुरै तयारीमा रहन निर्देशन दिइसकेको थिए , तर भनेको समयमा नेपाल राष्ट्र बैंकबाट विनियावली स्वीकृत नहुदाँ विज्ञापन आउन नसकेको उनले बताए । समयमा कर्मचारी भर्ना गर्न नसके बैंक सञ्चालनमा समस्या आउने हुनाले नेपाल राष्ट्र बैंकबाट छिटो विनीयावली स्वीकृत गर्न पहल गरिरहेको छु– सिइओ श्रेष्ठले भने ।

जुनसुकै बेला विनीयावली स्वीकृत हुन सक्ने भएकाले वाणिज्य बैंक परीक्षा तयारी गरिरहेकाहरुलाइ निराश नभई तयारीलाई तिव्र पार्न सिइओ श्रेष्ठले सुझाब दिएका छन ।

बैंकले गर्नुपर्ने अन्य सबै प्रक्रिया र तयारी पुरा भइसकेको छ ।


पुष्प दुलाल