राष्ट्रिय विमा संस्थानले पनि माग्याे विभिन्न पदमा कर्मचारी



 

काठमाडाै । राष्ट्रिय विमा संस्थानले पनि बिभिन्न पदमा जागिर खुलाएको छ ।

लोक सेवा आयोगको स्वीकृति पछि संंस्थानले विभिन्न पदमा ३१ जनाका लागि जागिर खुलाएको हो । संस्थानले व्यवस्थापक पदमा खुल्ला समुहमा १ जना कर्मचारी माग गरेको छ । त्यसै गरी सह–व्यवस्थापक ८ औं तह महिला समुहमा १ जना र सह व्यस्बस्थापक छैठौं तहमा खुल्लातर्फ ८ जना, महिला २ जना,आदिबासी जनजाती २ जना, मधेशी १ जना, अपाङग १ जना र पिछडिएको क्षेत्रतर्फ १ जनाका लागि जागिर खुलाएको छ ।

त्यस्तै सहयक ख पदका लागि खुल्लातर्फ ७ जना, महिला १ जना, आदिबासी जनजाती १ जना, मधेशी ३ जना, दलित १ र पिछडिएको क्षेत्रतर्फ १ जना माग गरेको छ ।

संस्थानमा जागिर खान इच्छुक निबेदकहरु संस्थानले खटाएको जुनसुकै शाखा कार्यलयमा कार्य गर्न इच्छुक हुनुपर्ने र फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित नभएको हुनुपर्ने छ । विभिन्न पदका लागि विभिन्न योग्यता तोकिएको छ । इच्छुक निबेदकहरुले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी पहिलो म्याद समाप्त भएको मितिले ७ दिनभित्र रीतपुर्वक दरखास्त फाराम भर्न सक्ने संस्थानले जानकारी दिएको छ । आबेदकहरुले दरखास्त फाराम विमा संस्थानको प्रधान कार्यालयको जनशक्ति व्यवस्थापन विभागमा बुझाउनुपर्नेछ


पुष्प दुलाल