३ लाख बढी कामदार लैजाने तयारीमा जापान, अप्रिलदेखि नेपाली पनि लैजाने




काठमाडौं । जापानले ३ लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । जापान सरकारले १८ वर्ष पुगेका नेपाल सहित ९ देशका कामदारहरुलाई जापान लैजाने तयारी गरेको हो ।

२०१९ अप्रीलदेखि नेपाली कामदार लैजाने भएको छ । जापानले नेपाल सहित विभिन्न ९ देशका कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन परिमार्जन गरेको हो ।

नयाँ व्यवस्थापन अनुसार जापानले २०१९को पहिलो लटमा ४७ हजार विदेशी कामदार भित्र्याउने लक्ष्य बोकेको छ ।

श्रम रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले भने उक्त विषयमा आधिकारिक जानकारी आई नसकेको बताएका छन् ।
जापानले नयाा भिजा श्रेणी अन्तर्गत जेष्ठ नागरिक स्याहार–सुसार, कृषि, निर्माण सहित १४ वटा १४ वटा क्षेत्रमा विदेशी कामदार लैजाने तयारी गरेको हो ।

जापानले भियतनाम, चीन, फिलिपिन्स, इन्डोनेसि थाइल्याण्ड, म्यानमार र कबोडिया गरी ७ मुलुकमा आवश्यक प्रवद्धन समेत मिलाइसकेको छ ।

जापानमा रोजारका लागि जाने श्रमिकको न्यूनतम तलब करिब २ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।


पुष्प दुलाल