मालपोतमा लेखापढी व्यवसायीले लिखत तयार गर्न नपाउने, सेवाग्राहीले आफै गर्नुपर्ने




काठमाडौ । मालपोत कार्यालयमा कुनै काम लिएर जाने सेवाग्राहीहरुले विभिन्न समस्याहरु भोग्दै आएका छन । धेरै समस्याहरु मध्येको एक हो लेखापढी व्यवसायीहरुकोमा धाएर लिखत तयार गर्नुपर्ने । अब भने लेखपढ गर्न सक्ने सेवाग्राहीहरुले यो समस्याबाट मुक्ति पाउने भएका छन । किनकि मालपोत कार्यालयमा घरजग्गा हक हस्तान्तरण गर्न जादाँ लेखापढी व्यवसायीलाई गुहार्न पर्ने अवस्थाको अन्त्य भएको छ ।

लेखापढी व्यवसायीले लेख्न नपाउने गरी ल्याइएको व्यवस्थालाई सर्वोच्च अदालतले सदर गरेपछि अब सेवाग्राही आफैले लिखत तयार पार्न पाउने भएका छन । प्रधानन्यायधिश ओमप्रकाश मिश्र र न्यायाधिश टंकबहादुर मोक्तानको संयुक्त इजलासले यो व्यवस्थालाई कानुनसम्मत भनी सदर गरेको हो ।

गत असोज १५ गने सरकारले मालपोत कार्यलयबाट घरजग्गा हक हस्तान्तरण तयार गर्नुपर्ने विभिन्न प्रकारका लिखत लेखापढी व्यवसायीले गर्न नपाउने गरी रोक लगाएको थियो । सरकारको यो निर्णलयले आफ्नो रोजीरोटीमा अवरोध भएको भन्दै लेखापढी व्यवसायीले सर्वोच्च अदालतमा रिट समेत दायर गरेका थिए ।

अब यो व्यवस्थासँगै घरजग्गा किनबेच गर्ने सम्वन्धित पक्षले नै लिखत तयार गर्नुपर्ने छ ।

 


पुष्प दुलाल