एउटै इयरफोनको मूल्य ५० लाख !



काठमाडौं । स्मार्ट फोन होस् वा नर्मल फोन जो सुकैले इयरफोन लगाएर फिल्म हेर्ने, गित सुन्ने, रेडियो सुन्ने र युटुवमा आफूले चाहेको कुरा हेर्ने त आजको प्रविधिको युगका मान्छेहरुको जीबनशैली नै भइसकेको छ । अझ ल्यापटप र कम्युटरमा काम गर्दै बस्दा पनि इयरफोन लगाएर बस्नेहरुको जमात पनि ठूलै छ ।

तपाईं÷हामी सबैलाई राम्रो गुणस्तरको इयरफोन बोक्न मन लाग्छ । तर, तपाईंले इयरफोन किन्नका लागि कति बजेट छुट्याउनु भएको छ ? त्यसो भए तपाईंलाई लाग्न सक्छ एउटा इयरफोनको मूल्य कति पर्ला ?

शहरका सडकहरुमा केही सय रुपैयाँमा इयरफोनहरु किनबेच भइरहेको त हामी सबैले देखेकै छौं । त्यो भन्दा महंगो भयो भने २÷५ हजार पर्ला भन्ने तपाईंलाई लाग्न सक्छ ।

तर, एउटा यस्तो इयरफोन बजारमा छ, त्यसको मूल्य ५० लाख रुपैयाँ पर्छ । सेनहेइजर कम्पनीले बनाएको सेनहेइजर अर्फियस एचइ नाइन्टी मोडलको हेडफानेलाई लगभग ५० लाख रुपैयाँ पर्छ । यो हेडफोन ६ हजार पाटपुर्जा जोडेर तयार पारिएको हो ।

१९९० को दशकमा सेनहेइजर कम्पनीले आफ्ना इन्जिनियरहरुलाई सबैभन्दा राम्रो इयरफोन बनाउने जिम्मा दिएको थियो । त्यसैको नतिजामा अर्फियस एचइ नाइन्टी मोडलको हेडफोन तयार गरेका थिए ।

शुरुवाती चरणमा जम्मा ३ सय वटा हेडफोन बनाएका थिए । ती हेडफाने शुरुमा १६ हजार डलरमा बिक्री गरिएको थियो । यो हेडफोन भारतमा ३५ लाख भारुमा किनबेच हुँदै आएको छ । एजेन्सीहरुको सहयोगमा


पुष्प दुलाल