बिभिन्न बैंकमा सयाैं जनालार्इ जागिर खुल्याे , कुन बैंकमा कति ?



काठमाडाै ।  बैंककाे जागिरका लागि तयारी गरीरहेका र बैंकमा जागिर गर्न चाहनेहरूका लागि विभिन्न बैङकले सयाैकाे संख्यामा राेजगारी दिने भएका छन ।

यसरी राेजागारी दिने बैंकहरूमा एनएमबि बैंक, महालक्ष्मी विकास बैंक, लुम्विनी विकास बैंक रहेका छन ।  एनएमबि  बैंकले मात्र विभिन्न पदमा एक सय सन्ताउन्न जनाकाे लागि जागिर खुलाएकाे छ । एक सय सन्ताउन्न जना मध्ये २० जना ब्रान्च म्यानेजर, ५० जना रिलेसनसिप म्यानेजर, २५ जना म्यानेजमेन्ट ट्रेनी पदमा जागिर खुलेकाे हाे । त्यस्तै  इन्फरमेसन टेक्नालाेजी म्यानेजर १ जना, सेक्युरिटि अफिसर १ जना, चार्टर एकाउन्टेण्ट १० जना र जुनियर एसिस्टेण्ट पदमा ५० जनालार्इ राेजगारी खुलेकाे छ ।

त्यस्तै राेजगारी खुलाउने अर्काे बैंक हाे महालक्ष्मी विकास बैंक । याे बैंकले पनि ब्रान्च म्यानेजर, चार्टर एकाउन्टेण्ट, म्यानेजमेन्ट ट्रेनी, असिस्टेण्ट, जुनियर असिस्टेण्ट, एक्जिक्युटिभ सेक्रेटरीमा जागिर खुलाएकाे छ । बिभिन्न पदमा जागिर खुलाएकाे भएता  महालक्ष्मी बैंकले ठ्याक्कै यती  जना भनेर यकिन संख्या भने ताेकेकाे छैन ।

त्यस्तै लुम्विनि विकास बैंक लिमिटेडले पनि बैंकासुरेन्स अफिसरमा एक जना माग गरेकाे छ । हिमालयन बैंकले पनि याे वर्ष ७० जनालार्इ राेजगारी हुने गरी शाखा विस्तार गर्न लागेकाे यस अघि बताइसकेकाे छ ।

 


पुष्प दुलाल