युनियन पे इन्टरनेशनलसँग सहकार्य गर्दै क्यु पे प्रालि



काठमाण्डौ । क्यु पेको क्युआर डाउनलोड गरेका व्यक्तिहरूलाई यसले मोबाईलको माध्यमबाट युनियन पे ईन्टरनेशलसँग नेटवर्क भएको सबै बैंकसंग कारोबार सुविधा उपलब्ध गराउने भएको छ ।

यसको लागी प्रयोकर्ताले क्यु पेको मोबाईल एप डाउनलोड गरी त्यसमा मोबाईल नम्बर रजिष्टर गरेर रकम समावेश गरी एससिटि, मोबाईल बैंकिङ अथवा क्यु पे क्युआर नेटर्वकमा आबद्ध सबैले यसबाट न्यन शुल्क, अन्तरदेशिय सुरक्षित भुक्तानको कार्य गर्दछ ।

क्यु पे प्रालिले युनियन पे ईन्टरनेशलसँग नेपालमा मोबाईल कारोबारमा सहकार्य गर्दैछ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सहकार्य गर्ने सार्वजनिक गरिएको हो ।

नेपालमा क्यु पेले युनियन पेसँग सहकार्य गर्नका लागि नेपाल राष्ट्र बैँकसँग अनुमति लिईसकेको छ भने बालुवाटारमा केन्द्रीय कार्यालय स्थापना गरेको छ ।

क्यु पे नेपालमा शुरू गरिएको मोबाईल वालेट सुविधा हो । युनियन पे ईन्टरनेशनल चाईनिज कम्पनी हो। यसले चीनबाहिर विश्वभरीका एक सय एकहत्तर देशमा र दुई हजार भन्दा बढी कम्पनीहरूसँग यस्तो सहकार्य गरिरहेको छ ।

सिनेमा, रेष्टुरेण्ट, सपिङ, सवारी लगायतका उपभोग्य सेवाको भुक्तान गर्न क्युआर स्क्यान गर्नुपर्ने हुन्छ ।

क्युआरका लागि क्यु पेको एप्लिकेसन डाउनलोड गर्नु पर्ने हुन्छ । युनियन पेको कार्ड भएका नेपाल घुम्न आउने चिनियाँ पर्यटकहरू क्युपेको माध्यमबाट भुक्तान गर्न सक्छन् ।


क्लिकमान्डु