सिमान्तकृत बालबालिकालाई न्यानो कपडा वितरण
हेटौंडा । हिमालयन मानवअधिकारकर्मी समूह(हिमराइट्स)को आयोजना मनहरी गाउँ पालिका तथा राक्सीराङ्ग गाउँ पालिकासंगको समन्वयमा सिमान्तकृत बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरिएको छ ।
कोर इन्टरनेशनल क्यानडाको सहयोगमा सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्र्तगत न्यानो कपडा वितरण गरिएको हो ।
साविक हाडिखोला हालको मनहरी गाउँपालिका अन्र्तगत वडा नं ३ श्री प्रजा आधारभूत विद्यालयका यस वर्ष शैक्षिक सहयोग गरिएका ९ जना सिमान्तकृत चेपाङ्ग बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
कार्यक्रम श्री प्रजा आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजुप्रसाद खनालको सभाध्यक्ष तथा मनहरी गाउँ पालिकाका उपाध्यक्ष मनिला विष्टको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी राक्सीराङ श्री प्रजाजागृति बिद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकान्त प्रजाको सभाध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लज्यूको प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
दुवै विद्यालयमा यसवर्ष शैक्षिक सहयोग गरिएको ९-९ जना सिमान्तकृत चेपाङ्ग बालबालिकाहरुलाई न्यानो कपडा प्रदान गरिएको हो ।
यसैगरी जाडो महिनालाई मध्यनजर गरी सरिखेतको सुर्योदय मावि र मनहरीको श्री सगरमाथा आधारभूत विद्यालयमा पनि न्यानो कपडा वितरण गरिने योजना रहेको कार्यक्रम संयोजक कुमारी वाइबाले बताइन् ।