नेपाल आर्थिक पत्रकार संघ(नाफिज) को अध्यक्षमा भट्टराई निर्वाचित
काठमाण्डौ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को अध्यक्षमा सिताराम भट्टराई निर्वाचि भएका छन् ।
नाफिजको आज सम्पन्न चौथो महासभाबाट भट्टराईको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा इन्द्रबहादुर बानियाँ, राजेश बर्मा र छबिलाल बगाले चयन भएका छन् । त्यसैगरी महासचिवमा नारायण पौडेल, सचिवमा चन्द्रा कार्की, सहसचिवमा बिजय दमासे र कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल निर्वाचित भएका छन् ।
नाफिजको चौथो महासभाको उद्घाटन सत्र अर्थमन्त्री डा युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यसैगरी नवनिर्वाचित पदाधिकारीको बधाई तथा शुभ कामना कार्यक्रम आजै सूचना प्रबिधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।