बैंकका सिइओलाई अर्थमन्त्री क्लास : शरीरमा कपडा कोचेर मोटो भइदैन,ब्याजदर बढाएर निक्षेप बढ्दैन



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बैंकहरुको आक्रामक कर्जा विस्तारमा असन्तुष्टी जनाएका छन् ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी सदस्य रहने संस्था नेपाल बैकर्स संघको साधारणसभामा बोल्दै अर्थमन्त्री खतिवडाले शरीरमा कपडा कोचेर मोटो नभइने भन्दै बैंकहरुले प्राकृतिक रुपमा बृद्धि हासिल गर्नुपर्ने बताए ।

‘कपडा कोचेर व्यक्ति नमोटाएजस्तो ब्याजदर बढाउने प्रतिस्पर्धाले निक्षेप बढ्दैन,यही भएको पैसामा प्रतिस्पर्धा मात्र बढ्न हो,’अर्थमन्त्री खतिवडाले भने ।

उनले बैकर्स संघले गर्ने गरेको भद्र सहमतिलाई कतिपयले कार्टेलिङ भनेपनि वित्तीय क्षेत्रमा विचलन आउन नहुँने बताए ।

‘हामीले खुल्ला बजार अवलम्बन गरेका छौ,त्यो भन्दैमा वित्तीय क्षेत्रमा विचलन ल्याउन दिन हुँदैन,’अर्थमन्त्री खतिवडाले भने ।

नेपालको वित्तीय क्षेत्रमा देखिने तरलता गिलासको पानी जस्तो भएको भन्दै थोरै बढ्दा अत्याधिक हुने र थोरै कम हँुँदा अभाव हुने स्थितीको सिर्जना भएको बताए । ब्याजदर बढेको कारण नेप्से परिसूचक घटेर यसमा अध्ययन गर्नको लागि कमिटि गर्न गरिएको खतिवडाले बताए ।

उनले बैैंकका सिइओलाई आयातित वस्तुमा कर्जा प्रवाह गर्न कडाई गर्न आग्रह गरे ।

‘परिवारमा कमजोर भएको व्यक्तिलाई बढी आहार दिने गरिन्छ,त्यस्तै गरेर अहिले हाम्रो प्राथमिकता ऋणमा कृषि र उत्पादन मुलक क्षेत्र हुनुपर्छ,’खतिवडाले भने ।

अर्थमन्त्री खतिवडाले बचतभन्दा खर्च बढी भएको हुँदा भुक्तानीमा असन्तुलन आएको भन्दै आयातित वस्तुको ऋण प्रवाहमा बैंकहरुले आफै कडाई गर्नुपर्ने बताए ।

उनले बैंकलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्नको लागि बाहिरबाट पुँजी ल्याउने नीति ल्याएको भन्दै त्यसमा लाग्न बैंकरलाई आग्रह गरे । यस्तै अर्थमन्त्री खतिवडाले कागजमा आउने पुँजीलाई निरुत्साहित गर्ने वास्तविक रुपमा आउने लगानीलाई बढाउने नीति लिन लागिएको बताए ।


क्लिकमान्डु