रोटरी क्लबले मावि तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने




काठमाण्डौ । मानव सेवा र सामाजिक क्षेत्रमा एक सचेत नागिरक उत्पादन गर्ने उद्देश्यका साथ रोटरी क्लबले माध्यमिक विद्यालय तथा कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

रोटरी क्लब अफ बागमती काठमाडौ र साउथवेस्टन स्टेट कलेज बसुन्धराको संयुक्त आयोजनामा यहि मंसिर २४ गते सोमबार वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको हो । बसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजको प्राङ्णमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको क्यापस प्रमुख डा. राजेन्द्र केसीले जानकारी दिए ।

वक्तृत्वकलाको बिषय रोटरीको चार सुत्रीय मार्गहरु राखिएको छ । जसमा विद्यालय तथा कलेजका एक जना छात्र र एक जना छात्रा गरी दुई जनाले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

वक्तृत्वकलामा प्रथम हुनेले १५ हजार, द्धितीय हुनेले १० हजार, तृतीय हुनेले ५ हजार तथा सान्तवना पुरस्कार चार जनालाई एक हजार रुपैयाँका साथै मेडल तथा प्रशंसापत्र प्रदान गरिने आयोजकले जनाएको छ ।


क्लिकमान्डु