यसकारण पो १०/१२ वर्षकै बालिकाहरु पनि मिन्स हुँदा रहेछन्



अमेरिकामा गरिएको एक अध्ययनले सेम्फु, अत्तर, साबुन तथा विभिन्न गन्धनासक बस्तुहरु प्रयोग गर्ने केटीहरुमा छिटो यौनावस्था शुरु हुने पत्ता लगाएको छ ।

मानब प्रजनन नामक जर्नलमा प्रकाशित अध्ययनले यी वस्तुहरुमा हुने फ्यालाइट, पाराविन्स र फिनोल जस्ता विभिन्न रसायनहरुको तह मापन गरेको थियो ।

अत्तर, साबुन, सेम्फु, नङ पालिस, कस्मेटिक तथा विभिन्न गन्धनासक बस्तुहरुमा केहि मात्रामा फ्यालाइट नामको रसायन प्रयोग गरिएको हुन्छ ।

त्यस्तै कस्मेटिकमा पाराविन नामक रसायनिक तत्व प्रयोग गरिएको हुन्छ । त्यस्तै छिटो यौनावस्था निम्ताउन सहयोग गर्ने अर्को रसायन हो फिनोल । साबुन, दन्तमञ्जन, लिपस्टिक, हेयरस्प्रे, सेम्फु र स्कीन लोसनहरुमा फिनोल प्रयोग गरिएको हुन्छ ।

अनुसन्धानकर्ताहरुले अमेरिकाको क्यालिफोर्नीयाका एक सय उनासी केटी र एक सय उनान्साठी केटाहरुमा यो अनुसन्धान गरेका थिए जो सन १९९९ देखि २००० सम्ममा गर्भवती भएका आमाहरुबाट जन्मिएका थिए ।

अनुसन्धादाताहरुले नौ वर्षका बच्चाबच्ची र गर्भवती आमाहरुमा हुने केमिकलको लेभल अध्ययन गरेका थिए । उक्त अनुसन्धानमा यौनावस्थामा लाग्दै गरेका केटीहरुमा उक्त रसायनहरु भेटीएका थिए भने केटाहरुमा कुनै प्रभाव देखिएन ।

पछिल्लो समय सानै उमेरमा केटीहरुमा देखिने शारिरीक परिवर्तनमा यसको भूमिका रहने सक्ने उक्त अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुले बताएका छन् ।


पुष्प दुलाल