पेट्रोल निर्यात गर्ने राष्ट्रहरूको संगठन ओपेकबाट बाहिरिने कतारको घोषणा
काठमाण्डौ । कतारले आगामी जनवरी १ देखि पेट्रोल निर्यात गर्ने राष्ट्रहरूको संगठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ ।
ऊर्जामन्त्री साद शेरिदा अल काबीले ओपेकको सम्मेलनको तीन दिनअघि कतार ओपेकबाट बाहिरिने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा काबीले कतारले आगामी दिनमा प्राकृतिक ग्यास उत्पादन वार्षिक सात करोड ७० लाखबाट बढाएर ११ करोड टन पुर्याउने लक्ष्य लिएको जानकारी समेत दिए ।
12 पेट्रोल उत्पादक राष्ट्रको संगठनबाट बाहिरिने निर्णय लिने कतार पहिलो खाडी राष्ट्र हो ।
सन् १९६१ देखि ओपेकमा आबद्ध कतारको यो निर्णयलाई साउदी अरब, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले एक वर्षअघि कतारबिरुद्ध लगाएको नाकाबन्दीको प्रतिक्रियाका रूपमा हेरिएको छ । (एजेन्सीहरुबाट)