०.९० अंकले बढ्यो नेप्से, ६३ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन हिजो ह्वात्तै घटेको नेप्से परिसूचक दोश्रो दिन भने झिनो अंकले बढेको छ । दोश्रो दिन ०.९० अंकले परिसूचक बढेको हो । ०.०८ प्रतिशतले परिसूचक बढ्दा ११३१.७३ विन्दूमा पुगेको छ ।

नेप्सेले जनाए अनुसार आज १ सय ५६ कम्पनीका २१ लाख ३९ हजार ३ सय ४८ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ६३ करोड ७९ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ ओटा समूह बढेका छन् भन् अन्य ७ ओटा समूह घटेका छन् ।

विकास बैंक समूह ४.७, निर्जीवन बीमा समूह ९२.१, जीवन बीमा समूह १३.५७ र अन्य समूह ०.४३ अंकले बढेका हुन् । यस्तै, बैंकिङ समूह ०.२७, होटल समूह २.०४, जलविद्युत समूह २.१७ ट्रेडिङ समूह १.१८, वित्तीय समूह १.८२, उत्पादनमूलक समूह ९.२१ र लघुवित्त समूह ८.३१ अंकले घटेका छन् ।

आज सबैभन्दा बढी कारोबार नेपाल बैंकले गरेको छ । बैंकले ३१ करोड ९९ लाख ४३ हजार रुपैयाँको टर्नओभर गरेको हो । यस्तै विजया लघुवित्त वित्तीय संस्थाले सबै भन्दा बढी कमाई गरेको छ । संस्थाले ६.६० प्रतिशतले कमाई गरेको हो ।

यस्तै, राइरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज सबैभन्दा बढी गुमाएको छ । कम्पनीले ५.५० प्रतिशतले गुमाएको हो । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १७.७३ अंकले घटेको थियो ।


क्लिकमान्डु