सरकारको रबैया: सेयर बजार डुबाइदिनेलाई पगरी, न्याय माग्नेलाई जेल



राष्ट्रपतिलाई सरकारले १८ करोड रुपयाँ हालेर किन्न लागेको (अर्थमन्त्रीले १४ करोड मात्रै भनेका छन्) गाडीको चर्चा यति व्यापक छ, मानौं यही गाडीकै कारण नेपालको अर्थतन्त्र टाट पल्टिदैछ ।

अहिले सेयर बजार लगातार ओरालो लागिरहेको छ ।

राष्ट्रपतिलाई यति महँगो सवारी आवश्यक छ वा छैन भन्ने कुराको बहस आफ्नै ठाउँमा होला । तर, १८ करोडको त्यतिविध्न चर्चा हुँदा २० खर्ब रुपैयाँको सेयर बजार १३ खर्बतिर झर्दै गर्दा नियामक निकायहरू मौन बसेका छन् भने १८ करोड मूल्यका लागि कोकोहोलो मच्चाउने सामाजिक अभियन्ताहरू पनि चुइँक्कसमेत बोल्दैनन् । यो मौनता या त उनीहरूलाई सेयर बजारबारे जानकारी नभएका कारण हो या त लगानीकर्ताप्रति कुनै संवेदनशीलता नै छैन ।

पुँजीबजार अर्थतन्त्रको ऐना हो । तर नेपालमा जुनबेला अर्थतन्त्र नकारात्मक थियो, त्यसबेला सेयर बजार उकालो लाग्दै गरेको थियो । तर, जब अहिले अर्थतन्त्र ६ बिन्दुको वृद्धिमा लगातार तीन वर्षदेखि कायम छ, यस्तो अवस्थामा बजार घटिरहेको छ ।

हाम्रो लगानी जोखिममा प¥यो भनेर लगानीकर्ताहरूले अर्थमन्त्रीलाई भन्दा सेयर किन्दा मलाई सोधेर किनेको होइन, त्यसैले घट्दा पनि मसँग गुनासो गर्न नआउनुहोस् भन्ने ओठे जवाफ पाएर लगानीकर्ताहरू उत्तिकै निराश छन् ।

निर्मला पन्तका हत्यारा पत्ता लगाएर कारबाही गर भन्दा सरकारले पक्राउ गरेर थुन्छ । तर, भगवानको कसम खाने र बजार यति अंकमा झर्छ उति अंकमा झर्छ भन्दै विष वमन गरेर लागनीकर्ताको करोडौं रुपैयाँ स्वाहा बनाउने केही स्वार्थ समूह र कथित विश्वेषकलाई लगाम लगाउन सरकारले किन सक्दैन ?

अहिले बजारमा हकप्रदका कारण बढी सप्लाई भयोे, त्यसैले मूल्य घट्यो भन्ने सामान्य उत्तरले चित्त बुझाउने बेला होइन । न त बैंकमा तरलता अभावका कारण बजार घटेको हो भनेर सहमति गरेर बस्ने बेला हो ।

बैंक तथा वित्तीय संस्थामा सेयर धितोमा कर्जा (मार्जिन लेन्डिङ) ज्यादै न्यून छ । सेयर होल्ड गरेर बस्ने पुराना सेयरहोल्डरको पीडा निकै ठूलो छ । तर लगानीको अभावले सेयर बजार बढेन भन्नुमा मात्रै तुक छैन । यहाँ लगातार एक साता बजार बढेमा कारोबार झन्डै १ अर्बको हाराहारीमा आइहाल्छ । त्यसकारण सेयर बजारको उत्थान भनेको लगानीको समस्याभन्दा लगानीकर्ताको आत्मविश्वासको कुरा हो ।

सरकार सबैको अभिभावक हो भने के लगानीकर्ताप्रति सरकारको दायित्व बन्दैन ? यही सरकार होइन, जसले सेयर बजारबाट अधिकतम राजस्व उठाउन भन्दै जथाभावी पुँजीगत लाभकर लगाउन असफल प्रयास गरेको ? जनताले कमाएको स–सानो कमाइमा आँखा गाड्ने सरकार जनताको अबौं रुपैयाँ स्वाहा हुँदा भने नितान्त मौन छ । चीन, भारत, अमेरिका लगायतका मुलुकमा सेयरबजारलाई उकास्न सरकारले बेलाबेलामा गरेका प्रयास हाम्रा लागि उदाहरण हुन् । तर हाम्रा नियामक निकाय लगानीकर्ताको मनोबल उकास्न कुनै कदम चाल्न त परै जाहोस् सकारात्मक विज्ञप्ति समेत निकाल्न सक्दैनन् वा खोज्दैनन् ।

बजार घट्नु वा बढ्नु स्वभाविक हो । तर बजार घट्नु र बढुनुमा कारण चाहिन्छ । बैंकको ब्याज तिर्ने बेला बजारमा करेक्सन आउनु स्वभाविक बन्छ । देश आर्थिक रुपमा कमजोर बन्दा पनि बजार नकारात्मक बन्न सक्छ । तर, बिना कारण राम्रो लाभांश घोषणा गरेका कम्पनीको मूल्य अस्वभाविक घट्नुमा स्वभाविक कारण छैन । अहिले बजारमा विश्लेषक आतंक छ । केही अनलाइनले विज्ञहरूको दाबी भनेर अनेक खालका अड्कलबाजीहरू गरिरहेका छन् ।

सरकार सबैको अभिभावक हो भने के लगानीकर्ताप्रति सरकारको दायित्व बन्दैन ? यही सरकार होइन, जसले सेयर बजारबाट अधिकतम राजस्व उठाउन भन्दै जथाभावी पुँजीगत लाभकर लगाउन असफल प्रयास गरेको ? जनताले कमाएको स–सानो कमाइमा आँखा गाड्ने सरकार जनताको अबौं रुपैयाँ स्वाहा हुँदा भने नितान्त मौन छ ।

निर्मला पन्तका हत्यारा पत्ता लगाएर कारबाही गर भन्दा सरकारले पक्राउ गरेर थुन्छ । तर, भगवानको कसम खाने र बजार यति अंकमा झर्छ उति अंकमा झर्छ भन्दै विष वमन गरेर लागनीकर्ताको करोडौं रुपैयाँ स्वाहा बनाउने केही स्वार्थ समूह र कथित विश्वेषकलाई लगाम लगाउन सरकारले किन सक्दैन ?

बजार निकै घटिसकेको छ । यसले बजार उचाइमा पुग्दा बजार छिरेकाहरूलाई यस क्षेत्रबाट पलायन गरिसकेको छ नै । यहाँ त राम्रो कम्पनी भनेर होल्ड गरिएका अझ भनौ विगतमा ब्लु चिप्स मानिएका कम्पनीको बजार मूल्य समेत अस्वभाविक ढंगले घटिरहेको छ ।

हिँजो बजार तानिन खोज्दा अस्वभाविक भयो, बेलुन फुलेजस्तो भयो भनेर प्रत्येक दिन विज्ञप्ति जारी गर्ने धितोपत्र बोर्डले अहिलको बजार मूल्यमा सेयरमा लगानी गर्नु फाइदाजनक छ, जोखिम कम छ भन्न पनि त सक्नु पर्छ । के नियमक निकायको काम हकप्रद र आइपीओको अनुमति दिने र कमिसन खाने मात्रै हो ?

लगानीकर्ताले गुनासो गर्ने ठाउँ कहाँ हो ? राष्ट्रिय योजना आयोगका अध्यक्ष रहेका प्रधामन्त्रीले लघुवित्त कम्पनी र सहकारीलाई माफिया भन्ने, अर्थमन्त्रीले बजारको मलाई के चिन्ता भन्ने, धितोपत्र बोर्डले जोखिम लिने काम लगानीकर्ताको हो भन्ने, नेप्सेले अनलाइन आए पनि सेयर बढ्दैन, कसैले बढ्छ भन्यो भने त्यो ठग हो भन्ने । कथित विश्लेषकले लेखेर राख्नुस्, म फलानो महादेवको कसम खान्छु, बजार उँभो लाग्दैन भन्ने अनि बजार कसरी उँभो लाग्छ । सबै खरानी बनेपछि रोइकराइ गर्नुभन्दा बजार उकास्न केही कदम चाल्ने कि ?


क्लिकमान्डु