तीनवर्षकै न्यून बिन्दुमा नेप्से परिसूचक, अनलाइनपछि घटेको घट्यै



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक तीनवर्ष कै न्यून बिन्दुमा नेप्से परिसूचक मा झरेको छ । आइतबार नेप्से परिसूचक १७.७३ अंकले घटेर ११३०.६३ बिन्दुमा झरेको छ ।

एकवर्ष अगाडि नेप्से परिसूचक १५२४.८६ बिन्दुमा थियो । त्यसपछि ११६८.६२ बिन्दुसम्म नेप्से परिसूचक घटेर बढेको थियो ।

१४१०.८५ बिन्दुसम्म नेप्से परिसूचक पुगेपनि पुनः घट्न थाल्यो । पुनः ११९० मा झरेर बढ्न थालेको नेप्से परिसूचक १२८० सम्म पुगेपनि त्यसपछि घटेको घट्यै छ ।

नेप्सेले सेयर कारोबारमा अनलाइन प्रणालीको लागु गरेको छ । तिहार अगाडि अर्थमन्त्रीले उद्घाटन गरेको अनलाइन प्रणालीमा अहिलेसम्म कारोबार भनेको भएको छैन । लगानीकर्ताका विभिन्न संगठनले अनलाइन प्रणालीको लागि आन्दोलन गरेपनि व्यवहारिक रुपमा यो लागु भएको छैन ।

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको अधित्पय छ । चुक्ता पुँजी पुगेपछि बोनसभन्दा नगद लाभांशमा बैंक तथा वित्तीय संस्थाले जोड दिदै आएका छन् ।साधारण लगानीकर्ताले बोनस सेयर खोज्ने हुँदापनि सेयर बजारमा लगानीकर्ताको आकर्षण कम देखिएको छ ।

आइतबार ४५ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । १५६ कम्पनीको सेयर कारोबार भएको भएको नेप्सेमा व्यापार परिसूचक बाहेक सबै ओरालो लागेको छ ।सेयर बजारमा सबैभन्दा बढी प्रभाव पार्ने टेलिकमको सेयर मूल्य तथा बैकिङमा नबिल बैंकको सेयर मूल्य घट्दा परिसूचकलाई ओरालो लाग्न थप मद्दत पुगेको छ ।


क्लिकमान्डु