नेपाल चेम्बर अफ कमर्श र म्यानमार चेम्बरबीच समझदारी



काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीबिच दुई पक्षीय व्यापारको बिषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल चेम्बर एक्स्पो २०१८ को संधर्ब पारेर गरिएको उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष नरेश श्रेष्ठ र द रिपब्लिक अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रीको तर्फबाट सह–महासचिव म्यो थान्टले हस्ताक्षर गरे ।

उक्त समझदारी पत्र पश्चात दुइ–पक्षीय ब्यापार र लगानी थप मजबुत बन्ने बिश्वास व्यक्त गरिएको छ । हालसम्म नेपाल चेम्बर अफ कमर्सले ६१ वटा बिभिन्न देशको चेम्बर अफ कमर्ससंगको समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।


क्लिकमान्डु