भारतमा ३० रुपैयाँमै हुन थाल्यो दाँतको उपचार, नेपालमा कहिले ?



काठमाडौं । ठूला सहरका अस्पतालहरुमा उपचार गराउन हिँड्ने गरेका एवं गाउँका मानिसहरु पछिल्लो समय मेदान्त जस्ता नामी अस्पतालका डाक्टरहरु मार्फत ३० रुपैयाँमै आफ्नो उपचार गराउने गर्छन् । सानो सहरदेखि गाउँसम्म चल्ने कमन सर्भिस सेन्टर (सिएससी) सँग मेदन्त अस्पतालले सम्झौता गरेको छ । चाँडै यो सेवा सिएससीबाट सुरु हुने छ ।

सिएससीका सिईओ डिसि त्यागीका अनुसार केही दिनअघि मात्र मेदान्तका साथ उनको करार भएको थियो । यसरी सिएससीमा आउने बिरामी मेदन्तका डाक्टरसँग समय लिएर भिडियो कन्फेरेनस मार्फत उनीहरुले उपचार गराउन सक्ने छन् ।

त्यसका लागि बिरामीले ३० रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ । त्यागीले भने ‘मेदन्त अस्पतालले यो काम मेरो करपोरेट सामाजिक दायित्व (सिएसआर) को तर्फबाट गर्न लागेका हुन् । त्यसैले ३० रुपैयाँ चार्ज कर रहेको छ ।’

मेदन्तका संस्थापक चर्चित डाक्टर नरेश त्रेहान हुन् । तर, नेपालमा भने सानो रोगको उपचार गर्न पनि हजारौं र लाखौं रुपैयाँ तिर्नुपर्छ । छिमेकी भारतको मेदान्तबाट नेपालका अस्पतालहरुले अब त सिक्ने कि ?


पुष्प दुलाल