पाथीभरा मन्दिरमा ४ महिनामा उठ्यो ५० लाख भेटी, सुनचाँदीका गहना बिक्री गर्न बाँकी



ताप्लेजुङ । प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महिनामा करिब ५० लाख रुपैयाँ संकलन भएको छ ।

गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणना गर्दा ४९ लाख ६५ हजार ६५० संकलन भएको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिए । तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको छ । सुन तथा चाँदीलगायत गरगहना पनि बिक्री गर्न बाँकी छ ।

मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले संकलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । पैसा राखिएको ढुकुटीको साँचो प्रहरी र समितिका एक कर्मचारीले राख्ने गरेका छन् ।

वार्षिक स्वदेशी तथा विदेशी गरी दुई लाखभन्दा बढी तीर्थयात्री पाथीभरा मन्दिरमा आउने गरेका र वार्षिक करोडौँ रुपैयाँ बराबरको भेटिघाटी संकलन हुँदै आएको छ ।


क्लिकमान्डु