पोखराको बुढिबजारमा एनआईसीले खोल्यो नयाँ शाखा



काठमाण्डौ । एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका वडा नं २६ मा बुढिबजार शाखाको शुभारम्भ गरेको छ । एनआईसी एशिया बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलबाट आज एक समारोहकाबीच नयाँ शाखा उद्घाटन गरिएको हो ।

बैंकले मुलुकभर २६८ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार २१२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगेको जनाइएको छ ।

ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको बैंकले जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउन अन्य स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।


क्लिकमान्डु