दोहोरो अंकले नेप्से घट्दा ३२ करोडको कारोबार
काठमाण्डौ । साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज १०.३७ अंकले परिसूचक घटेको हो । ०.८९ अंकले परिसूचक घट्दा ११४८.७० बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जले जनाए अनुसार आज १ सय ६१ कम्पनीका १० लाख ६२ हजार ४३ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ३२ करोड २९ लाख ४७ हजार ९ सय ८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बित्तीय समूह र उत्पादनमूलक समूहबाहेक अरु सबै समूह राताम्मे भएका छन् । बित्तीय समूह ०.१३ र उत्पादनमूलक समूह १.०२ अंकले बढेका हुन् ।
त्यसैगरी, बैंकिङ समूह ९.३८, टे«डिङ समूह ३.४६, होटल समूह ९.५७, विकास बैंक समूह ११.२७, जलश्रोत समूह २.७१, निर्जीबन बीमा समूह १०५.१७, अन्य समूह २.३१, लघुबित्त समूह २४.२३ र जीवन बीमा समूह ४७.७६ अंकले घटेको हो ।
दोहोरो अंकले बजार घटेको दिन आज छ्याङ्दी हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ३.८८ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी, आइएमई जनलर इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ५.८५ प्रतिशतले गुमाएका छन् ।