२.१० अंकले नेप्से घट्दा कारोबार रकम भने बढ्यो



काठमाण्डौ । साताको चौथो दिन आज बुधबार नेप्से परिसूचक २.१० अंकले घटेको छ । सातको पहिलो र दोश्रो दिन लगातार घटेको नेप्से तेश्रो दिन थामिएको थियो । तर आज चौथो दिन फेरी ओरालो लागेको छ । ०.१८ प्रतिशतले परिसूचक घट्दा ११५९.३८ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जले जनाए अनुसार आज १ सय ५३ कम्पनीका १३ लाख ९६ हजार ९ सय २७ कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र नेप्सेमा ४० करोड ४८ लाख ४ हजार ७ सय ३४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ ।

आज अन्य समूह बाहेक सबै राताम्मे भएको छन् । अन्य समूह २.११ अंकले बढेको छ ।

त्यसैगरी, बैंकिङ समूह १.८१, होटल समूह ३.२५, विकास बैंक समूह ९४१.१४, जलश्रोत समूह ४.९७, वित्तीय समूह ०.१५, निर्जीबन बीमा समूह २५.४१, लघुबित्त समूह १२.९१ र जीवन बीमा समूह १.८८ अंकले घटेको हो ।

आज सिटिजन्स म्याचुअल फण्डका लगानीकर्ताले सबैभन्दा बढी ३.९७ प्रतिशतले कमाई गरेका छन् । त्यसैगरी, समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ५.४१ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु