झापाको दमकमा गरिमाले खोल्यो नयाँ शाखा



काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले यही मंसिर ११ गते मंगलबार झापाको दममा शाखा कार्यालयको उद्घाटन गरेको छ ।

शाखा कार्यालयको उद्घाटन एक समारोहका बीच दमक नगरमालिकाका मेयर रामनाथ ओलीले गरेका हुन् ।

विकास बैंकको दमक शाखा कार्यालयको उद्घाटनसंगै गरिमा विकास बैंक लिमिटेडको प्रदेश नं.१ को झापा, मोरङ्ग र सुनसरीमा ९ वटा शाखा कार्यालय संचालनमा छन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंमा ८ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन ।

विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्ने जनाएको छ ।

यही मंसिर १० गतेसम्म विकास बैंकले २४ अर्ब ७५ करोड निक्षेप संकलन गरी २१ अर्ब ५० करोड कर्जा लगानी गरेको जनाएको छ ।


क्लिकमान्डु