स्पर्स लघुवित्तको प्रथम त्रैमासिक समीक्षा



काठमाण्डौ । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेका २० वटा शाखाहरुको लागि आ.ब. २०७५\०७६ को प्रथम त्रैमासिक समीक्षा तथा जोखिम व्यवस्थापन गोष्ठि सम्पन्न गरेको छ ।

होटल डे ब्रेक, बेगनासतालमा मंसिर ९ र १० गते २ दिनसम्म सञ्चालनमा रहेको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत खड्काले संस्थाको यस आबको प्रथम त्रैमासको लक्ष्य तथा प्रगति विवरणको अवस्था, वित्तीय संस्थाले हाल भोगेका समस्या तथा अवसरहरु, वित्तीय संस्थाको यस आबको लक्ष्य तथा यसको प्राप्तीका रणनीतिसँगै नेपाल राष्ट्र वैंकले हालसालै घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनका बारेमा सहभागीहरुलाई प्रष्ट पारेका थिए ।

कार्यक्रमको पहिलो दिन वित्तीय संस्थाका कर्जा तथा विजनेश विभाग प्रमुख हरिशरण गिरीले सहभागी २० वटा शाखाको प्रथम त्रैमासिक समीक्षाको लागि सहजिकरण गरेका थिए ।

यस क्रममा शाखा प्रवन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या तथा चुनौति तथा भावि रणनीतिहरुको बारेमा प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती प्राप्ती गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रमको दोस्रो दिन वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक मेघराज गजुरेलले उपस्थित सम्पुर्णलाई व्यवसायमा देखिने जोखिम न्यूनिकरणका उपायका बारेमा सहजीकरण गरेका थिए ।

साथै यस अवसरमा वित्तीय संस्थाले सदस्य विस्तार, कर्जा लगानी, बचत तथा समग्र व्यवसाय वृद्धि, शुन्य भाखा नाघेको कर्जा आदि जस्ता विधामा उत्कृष्ट हुने शाखा कार्यालयहरु तथा शाखा प्रवन्धकहरुलाई पुरस्कृत समेत गरेको थियो ।

वित्तीय संस्था जनशक्ति व्यवस्थापन विभाग प्रमुख पवन बरालले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक मेघराज गजुरेल, प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा विभागीय प्रमुखहरु र २० वटा शाखाका शाखा प्रवन्धकहरुको सहभागिता रहेको थियो ।


क्लिकमान्डु