एनआईसी एशिया बैंकको २ शाखा थपिए



काठमाण्डौ । एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालय सञ्चालन भएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं.७ स्थित खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले एक समारोहकाबीच उद्घाटन गरे । यता, पाँचखाल ४, समाजकल्याण चोक स्थित पाँचखाल शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलबाट उद्घाटन भएको छ ।

बैंकले मुलुकभर २६६ शाखा कार्यालयहरु, २७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब१६९ अर्ब तथा कर्जा१४३ अर्ब पुगेको बैंकले जनाएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको बताइएको छ ।


क्लिकमान्डु