भरतपुरमा लघु उद्योग ग्राम स्थापना हुने, पूर्वाधार निर्माण गर्न ४० लाख बिनियोजन



चितवन । भरतपुर महानगरपालिकाले मझौला उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्यले लघु उद्योग ग्राम स्थापना गर्ने भएको छ । महानगरको पश्चिम क्षेत्रका वडामा उपयुक्त जग्गा छनोट गरी उद्योग ग्राम सञ्चालन गर्न लागिएको हो ।

महानगरका प्रमुख रेनु दाहालले कम्तीमा १० बिघा क्षेत्रमा ग्राम स्थापना गर्ने लक्ष्य रहेको बताइन् । चालु आवमा एउटा ग्राम स्थापनाका लागि ४० लाख विनियोजन गरिएको छ ।

सार्वजनिक जग्गामा बिजुली, पानी, बाटो, शौचालय लगायतका पूर्वाधार महानगरपालिकाले निर्माण गर्ने छ । अन्य आवश्यक संरचना उद्योग संञ्चालक आफैले गर्ने गरि काम अघि वढाउन लागिएको दाहालले बताइन् ।

उद्योग ग्राम स्थापनासँगै छरिएर रहेका मझौला उद्योग एक ठाउँमा हुनेछन् । उद्योगबाट हुने प्रदूषणबाट स्थानीयवासी प्रभावित नहुने गरी ग्राम स्थापना गरिँदै छ । हाल चर्को ध्वनि, धुवाँ लगायतका समस्याले मझौला उद्योग जहाँतही सञ्चालन गर्न कठिनाइ हुने गरेको छ ।

“उद्योग ग्रामको प्रभावकारिता हेरेर क्रमशः विस्तार गर्दै लगिनेछ,” प्रमुख दाहालले भनिन् । उद्योग सञ्चालन गर्न चाहनेलाई थोरै भाडामा महानगरले स्थान उपलब्ध गराउने छ । सो ठाउँमा नयाँ पुराना सबै खालका उद्योग स्थापना गर्न सकिनेछ ।


क्लिकमान्डु