ताप्लेजुङको फक्त्ताङलुङमा जनता बैंकको नयाँ शाखा



काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले सुदुर पूर्वको जिल्ला ताप्लेजुङको अति विकट गाउँपालिका फक्त्ताङलुङ गाउँपालिकामा आजबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा संचालनमा ल्याइएको यो शाखा बैंकको १२७ औं शाखा हो ।

तिब्बतसँग सिमाना जोडिएको ओलाङचुङगोला सहित साविक ७ गा.वि.स. मिलाएर बनाइएको यस गाउँपालिका भौगोलिक हिसावमा ताप्लेजुङकै सबैभन्दा ठूलो र बिकट गाउँपालिका हो ।

यस क्षेत्रका व्यापारी, उद्यमी र सर्बसाधारण तथा सरकारी निकाय समेत यस शाखा मार्फत देशको बाँकी क्षेत्रमा वित्तीय सञ्जालमा जोडिन सफल हुने बैंकले विश्वास लिएको छ ।

ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

देशभर बैंकका १२७ शाखा सहित ७२ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४५ शाखा रहित बैंकिङहरुबाट करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रबाह भइरहेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु