बाराको प्रसौनीमा महालक्ष्मीले खोल्यो नयाँ शाखा




काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले बारा जिल्ला, प्रसौनी गाउँपालिका वडा नं २, मा प्रसौनी शाखा कार्यालयको उद्घाटन गरेको छ । प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले एक समारोहका बीच शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत गरे ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि.को चुक्ता पुँजी २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म करिब २६ अर्ब ९२ करोड निक्षेप संकलन गरी २४ अर्ब ०९ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।


क्लिकमान्डु