६.३५ अंकले घट्यो नेप्से, ३० करोडको कारोबार



काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक ६.३५ अंकले घटेको छ । ०.५४ प्रतिशतले परिसूचक घट्दा ११६०.२८ विन्दुमा पुगेको हो ।

नेप्सेले जनाए अनुसार आज १ सय ५५ कम्पनीका ९ लाख ९१ हजार ७ सय ३० कित्ता सेयर खरिद विक्री भएको हो । समग्र नेप्सेमा ३० करोड ८४ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज वित्तीय र अन्य समूह बाहेक सबै समूह घटेका छन् ।

बैंकिङ समूह ४.८३, होटल समूह १३.३, विकास बैंक समूह ५.७६, जलविद्युत समूह ५.४२, निर्जीवन बीमा ८९.३, उत्पादनमुलक समूह ३.७६, लघुवित्त समूह १५.१६ र जीवन बीमा समूह ६७.०५ अंकले घटेका हुन् ।

यस्तै, वित्तीय समूह ०.८१ र अन्य समूह २.२७ अंकले बढेका छन् ।

आज सबैभन्दा बढी कारोबार एनएमबी बैंकले गरेको छ । बैंकले २ करोड २७ लाख ६५ हजार रुपैयाँको टर्नओभर गरेको हो । नेपाल हाइड्रो डेभलपमेन्टले सबै भन्दा बढी कमाई गरेको छ, ४.४८ प्रतिशतले कमाई गरेको हो ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले आज सबैभन्दा बढी गुमाएको छ । संस्थाले ४५.६५ प्रतिशतले गुमाएको हो । साताको पहिलो दिन हिजो आइतबार नेप्से १४.८२ अंकले घट्दा २५ करोड ६ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार गरेको थियो ।


क्लिकमान्डु