बैंकको अफरः दैनिक १० हजार पाइला हिँड्नुस्, २१ प्रतिशत ब्याज लिनुस्



काठमाडौं । तपाईले दैनिक यात्राका क्रममा पैदल हिँड्ने गर्नुभएको छ ? यदि छ भने बैंक तथा वित्तीय संस्थाले तपाईलाई राम्रो व्याज दिन्छन् ।

तर, यो नेपालमा होइन, विदेशमा हो ।

रुससँग तिक्ततापूर्ण सम्बन्ध रहेको यूक्रेनको किभमा रहेको एक बैंकले दैनिक १० हजार कदम हिँड्ने ग्राहकलाई २१ प्रतिशतको दरले व्याज दिने योजना कार्यान्वयन गरिरहेको छ । दैनिक १० हजार कदम हिँड्ने ग्राहकले यसबाट फाइदा लिन सक्नेछन् ।

शर्त पूरा गरेपछि उनीहरुले बैंक खातामा व्याज रकम प्राप्त गर्नेछन् । कडा शर्तका बाबजूत पनि ५० प्रतिशत बढी बैंकका ग्राहकले यसबाट फाइदा लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मोनो बैंकका जुन ग्राहक दैनिक १० हजार पाइला हिँड्छ, उसको बचत खातामा २१ प्रतिशत व्याज प्राप्त हुन्छ । तर कोही ग्राहक लगातार ३ दिनसम्म कम हिँड्छन भने ती ग्राहकले मात्रै ११ प्रतिशत व्याज पाउँछन् ।

बैंकका खाता भएका हरेक व्यक्तिले थाहा पाएका छन् कि उनीहरुले जम्मा गरेको निक्षेपको व्याज कहिले बढ्छ त कहिले घट्छ । व्याज बढ्ने वा घट्ने कुरा आर्थिक अवस्थासँग केन्द्रीत रहेको छ । यो कहिल्यै पनि शारिरीक गतिविधिसँग निर्भर पनि हुँदैन ।

तर यूक्रेनको मोनो बैंकले एक अनौठो पहल गरेको हो ।

पैदल हिड्ने नागरिकको संख्या बढाउन उसले व्याजदरमा जोड दिएको हो । शर्त मात्रै दैनिक १० हजार पाइला हिँड्नै पर्छ । मोनो यूक्रेनको नयाँ बैंक हो । यसको स्थापना सन् २०१५ मा भएको हो । ३ वर्षको अवधिमा सो बैंकले पाँच लाख ग्राहक बनाएको छ ।

नागरिकले पैदल हिँडे नहिडेको वा ढाँटेको वा सही गरेको हो भन्ने पत्ता लगाउन भने एक एप निर्माण गरिएको छ । सोही एपले वास्तविक रुपमा पैदल हिँडेका नागरिकको अवस्थाका बारेमा मनिटरिङ गर्दछ ।

बढी व्याज पाउने खातालाई बैंकले स्पोर्टस डिपोजि एकाउण्ट नाम दिइएको छ । ग्राहकले स्मार्टफोनमा एक हेल्थ एप डाउनलोड गर्नुपर्नेछ । त्यो उसको शारिरीक गतिविधिको मनिटरिङका लागि हो । एपको डाटा बैंकको साथमा रहनेछ । त्यसबाट बैंकले हेर्न स्क्छ कि ग्राहकले कति पाइला हिँडे भनेर ।

मोनो बैंकका जुन ग्राहक दैनिक १० हजार पाल्या हिँड्छन् । उसको बचत खातामा २१ प्रतिशत व्याज प्राप्त हुन्छ । तर कोही ग्राहक लगातार ३ दिनसम्म कम हिँड्छन भने ती ग्राहकले मात्रै ११ प्रतिशत व्याज पाउँछन् ।

केही व्यक्ति यति थोरै समयमा १० हजार पाइला हिडे कि जुन नियमित रुपमा गर्नै नसकिने अवस्थाका थिए । बैंकका अधिकारीले छानबिन पछि पत्ता लगाए कि ग्राहक पैदल हिडेको मनिटरिङ गर्ने एप स्टार्ट गरेर सवारी साधनमा राखेर हिँड्न थाले ।

सो बैंकका करिब ५० प्रतिशत ग्राहकले २१ प्रतिशत व्याज लिइरहेका छन् । बैंकले लगभग दुई गुणा व्याजको अफर यस कारण गरेको थियो कि यूक्रेनको राजधानी किभमा असाध्यै चिसो हुन्छ । जसका कारण नागरिक पैदल हिँडन सक्दैनन् भन्ने थियो ।

बढी व्याज लिने चुनौतीलाई सुरुमा केही ग्राहकले मात्रै स्वीकार गरेका थिए । त्यस मध्येका एक थिए एलेक्स ड्रोजडोव । उनी हरेक साँझ पैदल हिड्न लागे । त्यसलाई उनलाई मजा मात्रै दिएन, व्याज पनि बढ्यो । किनकि उनलाई आफू सक्षम भएको सावित पनि गर्नु पर्ने थियो ।

मोनो बैंकमा तीन प्रमुख कार्यकारी अधिकृत छन् । ती हुन डिमा डुबिलेट, मिशा रोगाल्सी र आलेग गोरोखोवस्की । ग्राहकलाई पैदल हिँडाउने आइडिया उनीहरु ३ जनाकै थियो । ब्रिटेनमा जस्तै यूक्रेनमा पनि मोटोपनका बिरामीको संख्या बढिरहेको थियो । त्यसलाई कम गर्न पनि बैंकले उक्त योजना अगाडि सारेको हो । ५० प्रतिशत पुरुष मोटोपनमा रोगी थिए । बढी व्याज पनि पाइने मोटो पनि घट्ने भएकाले त्यसबाट ग्राहकले दोहोरो फाइदा लिएका छन् ।

सुरुमा सो कार्यक्रमलाई लिएर धेरै सन्देह पैदा भएको थियो । केही व्यक्ति यति थोरै समयमा १० हजार पाइला हिडे कि जुन नियमित रुपमा गर्नै नसकिने अवस्थाका थिए । बैंकका अधिकारीले छानबिन पछि पत्ता लगाए कि ग्राहक पैदल हिडेको मनिटरिङ गर्ने एप स्टार्ट गरेर सवारी साधनमा राखेर हिँड्न थाले ।

त्यस्ता ग्राहकलाई बैंकले तत्कालै सजाय दियो । बैंक खाताबाट व्याज घटाइदियो । पछि ग्राहकलहरु नियमित रुपमा आफ्नौ दैनिक हिडाइको गतिका आधारमा १० हजार भन्दा बढी पाइला हिँड्न थाले ।


पुष्प दुलाल